advertisement

चीनले कब्जा गरेको जमिनतिर सेना जान्छ, त्यहाँ ब्यारेक बन्छ ? निजगढमा सेनाको एयरबेस क्याम्प बनाउने तयारी भएको छ । निजगढलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा छ, यो सत्य होइन, त्यहाँ सेनाको एयरबेस क्याम्प बनाइँदै छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> नेपालले सार्वजनिक गरेको नयाँ नक्सामा सांसद गिरीको आपत्ति - Sarbocha Media

नेपालले सार्वजनिक गरेको नयाँ नक्सामा सांसद गिरीको आपत्ति

`

     २०७७ ज्येष्ठ २७ गते १:४७

काठमाडौं, २७ जेठ । राष्ट्रियताको संवेदनशील विषयमा सांसद सरिता गिरीले एकपछि अर्को आपत्तिजनक अभिव्यक्ति दिइरहेकी छिन्, तर उनको दल जनता समाजवादी पार्टीले उनीमाथि कुनै कारबाही गरेको छैन ।

नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा सांसद गिरीको आपत्ति छ । उनले टेलिभिजन अन्तर्वार्ता र सामाजिक सञ्जालमा मात्र होइन, संसद्मा पनि उभिएर नेपालले एकपक्षीय रूपमा नक्सा जारी गरेको भन्दै आएकी छिन् । तर, नेपालले नक्सा जारी गर्नुभन्दा अघि ६ महिनाअघि गत नोभेम्बर २ मा भारतले नेपाली भूमि समेटेर एकपक्षीय रूपमा नक्सा जारी गरेको विषयलाई उनले ढाकछोप गर्न खोजेकी छिन् ।

बजेटमाथिको छलफलमा आइतबार संसद्मा बोल्दै गिरीले भनिन्, ‘राष्ट्रिय सुरक्षाबारे दुईवटा महत्वपूर्ण मुद्दामा ध्यानाकर्षण गराउन चाहन्छु । सेनालाई बंकरबाट ब्यारेकमा लैजाने भनिएको छ, कहाँ लैजाने हो उत्तरतिर कि दक्षिणतिर रु सेना त्यहाँ जान्छ जहाँ सीमा विवाद छ ।

advertisement

चीनले कब्जा गरेको जमिनतिर सेना जान्छ, त्यहाँ ब्यारेक बन्छ ? निजगढमा सेनाको एयरबेस क्याम्प बनाउने तयारी भएको छ । निजगढलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा छ, यो सत्य होइन, त्यहाँ सेनाको एयरबेस क्याम्प बनाइँदै छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?