advertisement

मालिकको घरमा गए तिमीहरूलाई कोरोना लाग्या होला जा भन्दै घृणा गर्दै लखेट्ने गरेको उनले बताए। ‘लकडाउनमा दिएको राहतले मात्रै गुजारा नचल्ने भएपछि भोकभोकै कतिदिन बस्नु भनेर तीन रुपैयाँ सेयकडामा ५ हजार ऋण ल्याएर गुजारा गर्दै छु’, उनले भने। यो खबर आजको अन्नपूर्ण पत्रिकामा छ ।

" /> लकडाउन : रातभरी भोकभोकै सुत्नुपर्दाका पीडा कोरोनाको भन्दा पनि दर्दनाक - Sarbocha Media

लकडाउन : रातभरी भोकभोकै सुत्नुपर्दाका पीडा कोरोनाको भन्दा पनि दर्दनाक

`

     २०७७ ज्येष्ठ २७ गते १:०८

जनकपुरधाम, २७ जेठ । जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ। तर, कसैले शिक्षा पाएका छैनन्। एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो गरेर दुई/चार पैसा आर्जन गर्छन्। छोरा भने बरालिएर हिँड्छन्। सम्पत्तिको नाममा गाउँ ब्लकको जग्गामा ५ धुरमा बनेको घर छ, दिनभरि कमाए राति घरमा चुलो बल्छ, काम नपाए खान पुग्दैन।’

महराले भने, ‘अरूको काम नगरी हामीलाई खान पुग्दैन, बाहिर निस्कने वातावरण छैन, घरमा बसेर खाने अन्न छैन, राति भोकभोकै सुत्नुपरेको छ, नगरपालिकाले दिएको राहत १० दिनमै सकियो, लकडाउन भएदेखि कसैले काम दिँदैन।

advertisement

मालिकको घरमा गए तिमीहरूलाई कोरोना लाग्या होला जा भन्दै घृणा गर्दै लखेट्ने गरेको उनले बताए। ‘लकडाउनमा दिएको राहतले मात्रै गुजारा नचल्ने भएपछि भोकभोकै कतिदिन बस्नु भनेर तीन रुपैयाँ सेयकडामा ५ हजार ऋण ल्याएर गुजारा गर्दै छु’, उनले भने। यो खबर आजको अन्नपूर्ण पत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?