वि.सं.२०७७ साल जेठ २७ । मंगलबार । ईश्वी सन् २०२० जुन ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– चतुर्थी,४१ घडी १२ पला,बेलुकी ०९ बजेर ३८ मिनेट उप्रान्त पंचमी । नक्षत्र– उत्तराषाढा,२७ घडी ५५ पला,बेलुकी ०४ बजेर २० मिनेट उप्रान्त श्रवण । योग–ब्रम्ह,२२ घडी १४ पला,दिउसो ०२ बजेर ०३ मिनेट उप्रान्त ऐन्द्र । करण– बव,बिहान ०९ बजेर ४० मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ३८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी २९ पला । मंगल चतुर्थी व्रत ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : कर्म भावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको बिकास हुनेछ भने नया प्रबिधिको प्रयोग गरि समय अनुसार अपडेट होईनेछ । कामको खाजिमा हुनेहरुले नया काम पाउने तथा गरिरहनेहरु बढुवा हुन सक्ने योग रहेकोछ । प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवारमा सबैको सल्लाह सुझाब पाईने हुनाले मन प्रशन्न रहनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँन तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एका अर्कालाई बिश्वास गर्दै छुटिदा मन प्रशन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : आफन्त तथा दिदिबहिनिसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउने हुदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढि सफलता हात पार्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले एक किसिमको उमङग शरिरमा आउँनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : सन्तानको प्रगति देखेर मन रमाउनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुँनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानि गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : माया प्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथिको असहयोगले कामहरु समयमा सम्पन्न नहुने योग रहेकोछ । राजनिति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धि न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : उद्योग तथा व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाई लेखाईमा भनेजस्तो नतिला हात पार्न सकिने हुदा दाजुभाई तथा आफन्तहरु खुसि हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नया अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृड भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): राजनीति तथा कल्याणकारि कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : व्यावसायबाट आम्दानि गर्न लगानि बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसि खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहेपनि लामो दुरिको यात्रा हुने विदेशी सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ ।




