advertisement

मन्त्रालय स्रोतका अनुसार अब घरमा बसेका, तर गम्भीर समस्या नभएका संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लागू गर्ने तयारी सरकारको छ । त्यस्तै अस्पतालमा भर्ना भएका, तर स्वास्थ्य सामान्य भएका संक्रमितलाई पनि घर पठाइने विषयमा छलफल भएको छ । यो खबर नयाँपत्रिकामा छ ।

" /> गम्भीर समस्या नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लागू गर्ने तयारी - Sarbocha Media

गम्भीर समस्या नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लागू गर्ने तयारी

`

     २०७७ ज्येष्ठ १८ गते १:३७

काठमाडौं, १८ जेठ ।  कोभिड–१९ ले गत माघको पहिलो साता नै चेतावनी दिएपछि जेठ मध्यसम्म सवा चार महिनामा सरकारले देशभर जम्मा १६ सय २४ आइसोलेसन बेड बनाएको छ ।

तर, शनिबारसम्म नेपालमा संक्रमितको संख्या १४ सय एक पुगेको छ । अस्पतालमा बेड नहुने भएपछि अब संक्रमितले घरमै उपचार गर्नुपर्ने अवस्था आएको छ ।

संक्रमितमध्ये दुई सय १९ जना निको भएर घर गएका छन् । ‘११ सय ७६ जना संक्रमित अहिले अस्पतालमा छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन् । कोभिड अस्पतालमा अब चार सय ४८ जना संक्रमित मात्रै भर्ना गर्न सक्ने क्षमता छ ।

सरकारले केही अस्थायी क्लिनिकमा करिब चार सय संक्रमित राख्न सकिने जनाएको छ । तर, संक्रमणको गति र सरकारको तयारीबीच कतै पनि तालमेल देखिएको छैन ।

advertisement

मन्त्रालय स्रोतका अनुसार अब घरमा बसेका, तर गम्भीर समस्या नभएका संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लागू गर्ने तयारी सरकारको छ । त्यस्तै अस्पतालमा भर्ना भएका, तर स्वास्थ्य सामान्य भएका संक्रमितलाई पनि घर पठाइने विषयमा छलफल भएको छ । यो खबर नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?