advertisement

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार निक साइमन फाउन्डेसनले १० वटा भेन्टिलेटर सहयोग गरेको छ भने वान हार्टनामक गैरसरकारी संस्थाले दुईवटा दिएको छ । यसबीचमा टेकु अस्पतालले तीनवटा भेन्टिलेटर खरिद गरेको हो ।

निक साइमन फाउन्डेसनले टेकु अस्पतालका लागि भनेर आठ भेन्टिलेटर दिएको थियो । ‘टेकु अस्पतालले भेन्टिलेटर व्यवस्थापनको तयारी पनि गरेको थियो, जिल्लामा पनि चाहियो भनेर अन्तिममा एउटा मात्र दिइयो,’ टेकु अस्पतालका निर्देशक डा। सागर राजभण्डारी बताउँछन् ।

यसरी निक साइमन दिएको एउटा र अस्पतालले किनेका तीन गरी टेकुमा चार भेन्टिलेटर थपिएका छन् । टेकुमा चार भेन्टिलेटर पहिल्यै थिए । यो खबर नयाँपत्रिका दैनिकमा छ ।

" /> कोभिड बिरामीका लागि सरकारद्वारा तीन भेन्टिलेटर मात्र खरिद, १२ एनजिओको सहयोग - Sarbocha Media

कोभिड बिरामीका लागि सरकारद्वारा तीन भेन्टिलेटर मात्र खरिद, १२ एनजिओको सहयोग

`

     २०७७ ज्येष्ठ ०८ गते १:३१

काठमाडौं, ८ जेठ । कोभिड रोकथाम तथा उपचार गर्न १८ फागुनमा गठन भएको उच्चस्तरीय समितिले ८० दिन पार गरेको छ । त्यस्तै, ११ चैतमा सुरु भएको लकडाउनले पनि दुई महिना छुन खोज्दै छ ।

कोभिड बिरामीलाई बचाउने अन्तिम संसाधन भेन्टिलेटर हो, तर यसबीचमा देशभर जम्मा १५ भेन्टिलेटर थपिएका छन् । त्यसमा पनि १२ वटा अरू संस्थाले दिएका हुन् ।

सरकारले कोभिड उपचारका लागि जम्मा तीन सय ९६ आइसियू र एक सय ५६ भेन्टिलेटर तयार पारेको छ । आइसियू र भेन्टिलेटर सञ्चालनका लागि तीन सय ८५ स्वास्थ्यकर्मी तयार छन् ।

advertisement

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार निक साइमन फाउन्डेसनले १० वटा भेन्टिलेटर सहयोग गरेको छ भने वान हार्टनामक गैरसरकारी संस्थाले दुईवटा दिएको छ । यसबीचमा टेकु अस्पतालले तीनवटा भेन्टिलेटर खरिद गरेको हो ।

निक साइमन फाउन्डेसनले टेकु अस्पतालका लागि भनेर आठ भेन्टिलेटर दिएको थियो । ‘टेकु अस्पतालले भेन्टिलेटर व्यवस्थापनको तयारी पनि गरेको थियो, जिल्लामा पनि चाहियो भनेर अन्तिममा एउटा मात्र दिइयो,’ टेकु अस्पतालका निर्देशक डा। सागर राजभण्डारी बताउँछन् ।

यसरी निक साइमन दिएको एउटा र अस्पतालले किनेका तीन गरी टेकुमा चार भेन्टिलेटर थपिएका छन् । टेकुमा चार भेन्टिलेटर पहिल्यै थिए । यो खबर नयाँपत्रिका दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?