औषधिबाहेकका पसल तोकिएको समयमा मात्र खोल्न पाइने

`

     २०७७ ज्येष्ठ ०१ गते ४:४४

रुकुम, १ जेठ । रुकुम (पूर्व) मा आजदेखि लकडाउनलाई थप कडा बनाइने भएको छ । नेपालका विभिन्न क्षेत्रमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लामा लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो ।

जिल्ला सुरक्षा समितिको बुधबारको बैठकले आजदेखि यही जेठ ५ गतेसम्मका लागि स्वास्थ्य सेवाबाहेक अन्य सबै पसल तोकिएको समयमा मात्र खोल्न पाइने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले बताउनुभयो ।

सोअनुसार स्वास्थ्य सेवाबाहेक अन्य अत्यावश्यकीय पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने छ । गृह मन्त्रालयले नै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावतमा रोक लगाइसकेपछि अत्यावश्यकीय अवस्थामा जिल्लाभित्रै सवारी साधन चलाउनुपर्ने भएमा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?