advertisement

शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने उहाँले बताउनुभयो । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन ।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

" /> घर नजिकै घाँटी रेटिएका अवस्थामा मियाँको शव फेला - Sarbocha Media

घर नजिकै घाँटी रेटिएका अवस्थामा मियाँको शव फेला

`

     २०७७ वैशाख ३० गते ४:२५

सिरहा, ३० वैशाख । घाँटी रेटिएका अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ ।

स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।

मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिनुभयो ।

advertisement

शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने उहाँले बताउनुभयो । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन ।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?