स्वास्थ्य सेवामा जनशक्ति अभाव पूर्ति गर्न ९७७ दरबन्दी स्वीकृत

`

     २०८३ मंसिर १३ गते २:२९

काठमाडौँ, १२ मङ्सिर। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विशेषज्ञ चिकित्सकदेखि सहायक तहसम्मका ९७७ नयाँ दरबन्दी स्वीकृत गरेको छ। स्वीकृत दरबन्दीमध्ये चालू आर्थिक वर्षमा सातौँ, आठौँ, नवौँ, दसौँ र एघारौँ तहका विभिन्न २५७ पदका लागि पदपूर्ति प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।

ती २५७ पदहरूको पदपूर्तिका लागि लोक सेवा आयोगमार्फत विज्ञापन प्रकाशन गरी आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ। बाँकी रहेका दरबन्दीहरूमा पनि लोक सेवा आयोगको पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका अनुसार आगामी दिनमा क्रमशः विज्ञापन आह्वान गरी पदपूर्ति प्रक्रियालाई चरणबद्ध रूपमा अगाडि बढाइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?