इरान युद्ध निरन्तर चलिरहने ट्रमको दाबी

`

     २०८३ वैशाख १० गते १०:५८

एजेन्सि, १० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्वको अन्त्यका लागि कुनै निश्चित समय सीमा नभएको बताएका छन् । उनले आफ्नो रणनीतिमा राजनीतिक दबाब, विशेष गरी मध्यावधि निर्वाचनको प्रभाव परेको भन्ने दाबी अस्वीकार गरेका छन् ।

फक्स न्युजकी प्रस्तोता मार्था म्याककलमसँगको अन्तर्वार्तामा ट्रम्पले युद्धविराम वा सम्भावित शान्ति वार्ताका लागि समेत समयको कुनै दबाब नरहेको स्पष्ट पारे । मङ्गलवार थप गरिएको युद्धविरामको लागि कुनै अन्तिम म्याद नतोकिएको पनि उनले बताए ।

युद्ध कहिले सकिन्छ भन्ने प्रश्नमा ट्रम्पले कुनै हतार नभएको दोहोर्‍याए । यसअघि उनले युद्ध ४ देखि ६ हप्तामा सकिने बताएका थिए । तर अहिले यो सातौँ हप्तामा प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?