बङ्गलादेशमा फेरि हिन्दु युवकको निर्मम हत्या

`

     २०८२ माघ १२ गते २:५२

काठमाडौँ, ११ माघ । बङ्गलादेशमा एक हिन्दु युवकलाई पेट्रोल खन्याएर जिउँदै जलाइएको घटनाले फेरि एकपटक अल्पसंख्यक समुदायको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। नरसिंहदी क्षेत्रमा ग्यारेजमा सुतिरहेका युवकको आगलागीबाट मृत्यु भएको हो । मृत्यु हुने चञ्चल चन्द्र भौमिकका रहेको बताइएको छ।

वरिष्ठ पत्रकार सलाहउद्दीन शोएब चौधरीका अनुसार यो घटना शुक्रबार राति भएको हो। चञ्चल कोमिला जिल्लाको लक्ष्मीपुर गाउँका बासिन्दा थिए । पिताको मृत्यु भएपछि घरको जिम्मेवारी उनकै काँधमा थियो।

उनकी आमा बिरामी र एक भाइ दिव्याङ्ग रहेको बताइएको छ। चञ्चल पछिल्लो ६ वर्षदेखि नरसिंहदीमा रुबल मियाँको ग्यारेजमा काम गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?