काठमाडौँ । सुडानको दक्षिण कोर्दोफान राज्यको राजधानी कादुग्लीस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा ड्रोन आक्रमण भएको छ ।
संघको सुविधा केन्द्रमा भएको उक्त आक्रमणमाः ६ जना शान्ति शैनिकको मृत्यु भएको सुडानी अधिकारीहरुले जनाएका छन् । जसमा सात जना घाइते भएका छन् ।
सुडानी सशस्त्र बलले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सलाई आक्रमणको आरोप लगाएको छ । जुन दाबी अर्धसैनिक र्यापिड सपोर्ट फोर्सले अस्वीकार गरेको छ ।
ड्रोनले संयुक्त राष्ट्र संघको मुख्यालय र बंगलादेश बटालियनमा तीनवटा मिसाइल प्रहार गरेको थियो । जसले गर्दा संयुक्त राष्ट्र संघको भण्डारण सुविधामा आगो लागेको थियो ।



