दिल्लीको हावाको गुणस्तर अझै गम्भीर श्रेणीमा

`

     २०८२ मंसिर ०१ गते ११:५०

काठमाडौँ, कार्तिक ३० । भारतको राजधानी दिल्लीको हावाको गुणस्तर गम्भीर श्रेणीमा पुगेको छ ।

दिल्लीका अधिकांश क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक  ४०० भन्दा माथि रेकर्ड गरिएको छ । आइतबार बिहान साढे ९ बजे दिल्लीमा एक्यूआई ४९३ पुगेको छ ।

दिल्लीको हावाको गुणस्तर विगत धेरै दिनदेखि गम्भीर श्रेणीमा रहेको छ । ४०१ र ५०० बीचको एक्यूआईलाई गम्भीर मानिन्छ ।

दिल्लीपछि पाकिस्तानको लाहोरको एक्यूआई २६१ रहेको छ भने इजिप्टको कायरोको २३५ र भारतकै कोलकोताको २०१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?