चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक

`

     २०८२ कार्तिक २८ गते ३:४६

काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक भएका छन् । जसका चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत र सिर्जना निङ्लेखु पोस्टरमा फिचर्ड छन् । पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन् ।

मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन् । उनीहरू बाउ र छोरीजस्तो रहेको देखिन्छ । दुवै केही तनावमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?