काठमाडौँ, असोज २८ । नेपालको सफल फ्रेन्चाइज फिल्म ‘कबड्डी’ को अब पाँचौँ सिरिजको छायांकन शुरु भएको छ ।
चौथो भागलाई नै अन्तिम श्रृंखला भनिए पनि निर्माण पक्षले नयाँ कथामा कबड्डी-५ को निर्माण शुरु गरेको हो । सोमबारबाट यो फिल्मको छायांकन मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेपछि लार्जुङ बस्तीबाट शुरु गरिएको हो ।
फिल्ममा ‘कबड्डी’ सिरिजमा धेरैजसो कलाकार दोहोरिएका छन् भने नयाँ अनुहारको प्रवेश पनि भइरहेको छ ।



