सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री

`

     २०८२ आश्विन १८ गते ५:५२

काठमाडौं, असोज १८ । जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीले (एलडिपी) सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने भएको छ।

सन् २०२१ र गत वर्ष गरी दुई पटकको दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची शनिबार तेस्रो प्रयासमा एलडिपीको नेता चुनिएकी छिन्। सत्तारूढ एलडिपीको नेता चुनिएपछि टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?