पेरूमा भ्रष्टाचारविरुद्ध उत्रिए जेनजी, नियन्त्रण गर्न खोज्दा ढुंगा प्रहार तथा आगजनी गरे

`

     २०८२ आश्विन १३ गते १:५१

काठमाडौं, असोज १३ । दक्षिण अमेरिकी मुलुक पेरूका जेनजी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन्। सेप्टेम्बर २७ मा राजधानी लिमामा हजारौं युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्जसँगै अश्रुग्यास पनि प्रहार गरेको छ । जवाफमा युवाहरूले ढुंगा प्रहार गरेका छन् । कतिपय युवाले लाठीचार्जको विरोधमा आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?