काठमाडौँ, १० भदौ । दुई साताअघि मात्रै बेलायतको वेम्बली एरिनामा १० हजार दर्शकका अघिल्तिर नेपाली लोक रक प्रस्तुत गरेको नेपथ्य डेनमार्कमा पनि दर्शकबाट उत्तिकै माया पाउन सफल भएको छ । कार्यक्रम हुनु केहि समय अगावै टिकटहरु सोल्ड आउट भइसकेको थियो ।
युरोपमा औद्योगिक युगको पुरानो वैभव सम्झाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा अटेसमटेस दर्शकदीर्घामा नेपाली राजदूतदेखि नेपाल आएका उक्त मुलुकका राजदूतहरूको सपरिवार उपस्थिति थियो ।




