चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु

`

     २०८२ भाद्र ०१ गते १:१०

एजेन्सी, १ भदौ । चीनको मंगोलिया क्षेत्रमा आएको आकस्मिक बाढीले आठ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता रहेका छन् । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार यो घटना शनिबार राति करिब १० बजे भएको हो ।

उराद रियर ब्यानर भन्ने ठाउँमा १३ जनाको एउटा समूह खुला ठाउँमा डेरा जमाइरहेको बेला अचानक बाढी आएको थियो । घटनापछि एक जनालाई जीवितै उद्धार गरिएको छ भने अन्य चार जनाको खोजी कार्य अझै जारी रहेको छ ।

सरकारले उद्धार प्रयासलाई तीव्र बनाउने आदेश दिएको छ र बेपत्ताहरूको अवस्थाबारे पुष्टि गर्न एक विशेष टोली घटनास्थलमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?