मोदी र पुटिनबीच अर्थपूर्ण टेलिफोन कुराकानी

`

     २०८२ श्रावण २४ गते ८:५९

काठमाडौँ, श्रावण २३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेका छन् । अमेरिकासँगको कर विवादको बीचमा, मोदी र पुटिनको कुराकानीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

दुवैले कुराकानीमा भारत-रूस सम्बन्धलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको बताएका छन् । मोदीले यस बारेमा जानकारी दिदै भनेका छन् – राष्ट्रपति पुटिनसँग मेरो धेरै राम्रो र विस्तृत कुराकानी भयो । मैले युक्रेनको अवस्थाको बारेमा जानकारी साझा गरेकोमा उहाँलाई धन्यवाद दिएँ । हामीले हाम्रो पारस्परिक सहयोग बढाउने र भारत-रूस रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने हाम्रो प्रतिबद्धता दोहोर्‍यायौं । म यस वर्षको अन्त्यमा राष्ट्रपति पुटिनको भारत भ्रमणको लागि स्वागत तत्पर छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?