नेपालको साउदी अरेबियामाथि १:० जित

`

     २०८२ श्रावण २४ गते ३:४८

काठमाडौं, साउन २३ । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले विजयी गोल गर्न अन्तिमसम्म कुर्नुपर्‍यो । निर्धारित समय सकिनै लाग्दा ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?