म्यान्माका पूर्वराष्ट्रपति मिन्ट स्वेको निधन

`

     २०८२ श्रावण २३ गते १:१६

एजेन्सी, २२ साउन । म्यान्माको सेनाद्वारा नियुक्त कठपुतली राष्ट्रपतिको बिहीबार निधन भएको सेनाको एक विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य बिग्रँदै गएका कारण गत वर्षदेखि उनी सेवाबाट निलम्बित थिए ।

सेनाले कूमार्फत आङ सान सु कीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि पूर्व जनरल मिन्ट स्वेलाई सन् २०२१ मा म्यान्माको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो । उक्त कूपछि मुलुकमा बहु–पक्षीय गृहयुद्ध सुरु भएको छ ।

उक्त कूले सशस्त्र सेना प्रमुख मिन आङ ह्लाइङलाई सर्वोच्च शक्ति हस्तान्तरण गरेको थियो । ह्लाइङले गत जुलाईमा पार्किन्सन रोगको प्रभाव झेल्नुपरेका कारण ‘कार्यवाहक राष्ट्रपति’ का रूपमा मिन्ट स्वेको औपचारिक भूमिका पनि सम्हालेका थिए ।

“राष्ट्रपति यु मिन्ट स्वेको आज बिहान ८ः२८ मा निधन भयो”, सेनाको वक्तव्यमा भनिएका छ । चौरहत्तर वर्षीय स्वेको राजधानी नेपिडोको अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?