काठमाडौं, साउन १७ । अमेरिकाको संघीय अदालतले टिपिएस सुविधा तत्काल खारेज नहुने आदेश दिएसँगै यो सुविधा लिएर बसेका नेपाली आप्रवासीलाई राहत मिलेको छ।
२०७२ को भूकम्पपछि अमेरिकाले नेपाललाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस सुविधा एक महिना अघि खारेज भएको थियो।
अमेरिकाले टिपिएस सुविधा खारेज गरेसँगै यो सुविधाअन्तर्गत अमेरिका बसिरहेका नेपालीहरू अगस्ट ६ सम्म नेपाल फर्किन पर्थ्यो।
अदालतको आदेशसँगै टिपिएस सुविधा पाएकाहरुले नोभेम्बर १८ सम्मको समय पाएको न्युयोर्कमा कार्यरत कानुन व्यवसायी वासु फुलाराले बताए।




