काठमाडौँ, श्रावण १६ । पाकिस्तानको आतंकवाद विरोधी अदालतले देशको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यहरूलाई जेल सजाय सुनाएको छ ।
सजाय सुनाइएकाहरूमाथि सन् २०२३ मा सेना विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप छ ।
मे २०२३ मा, सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको थियो ।
यस निर्णयलाई इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को लागि ठूलो धक्का मानिएको छ ।




