काठमाडौँ, श्रावण ९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन बर्षमा विदेश भ्रमणमा २९५ करोड भारु खर्च गरेको देखिएको छ । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा भएको खर्चको विवरण संसदमा पेश गर्दै यो जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार २०२५ मा हालसम्म पाँच देशको प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा ६७ करोड भन्दा बढी खर्च भएको छ ।
त्यस्तै २०२१ देखि २०२४ सम्ममा मोदीको विदेश भ्रमणमा २९५ करोडभन्दा बढी खर्च भएको विदेश मन्त्रालयले जनाएको छ ।




