काठमाडौँ, असार ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।
ट्रम्पले मिडियासँग कुरा गर्दै पुटिन दिनमा मीठो बोल्ने र रातमा बम विस्फोट गर्ने गरेको भन्दै कटाक्ष गरेका छन् ।
ट्रम्पले अमेरिकाले युक्रेनलाई प्याट्रियट वायु रक्षा प्रणाली दिने घोषणा गरेका छन् । अमेरिकाले नेटोमार्फत युक्रेनमा हतियार दिने भएको हो । ट्रम्पले भनेका छन् – म नेटो महासचिवलाई भेट्दै छु । हामी उनीहरूलाई उन्नत हतियार दिनेछौं , र उनीहरूले हामीलाई यसको लागि १०० प्रतिशत भुक्तानी गरिने छ ।
गत हप्ता ट्रम्पले रुसको बारेमा ठूलो घोषणा गर्ने कुरा गरेका थिए । पत्रकारहरूसँग कुरा गर्दै उनले भने-भोलि के हुन्छ, भोलि हेर्नेछौं ।




