काठमाडौँ । ‘तक्मे बुढा’को रुपमा परिचित कलाकार विल्सन विक्रम राईले आफ्नो निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘मैझारो’ मा दीया पुनको इन्ट्री भएको छ ।
गत साता फिल्मको घोषणा गरेयता धीरज मगर, मिरुना मगर, सुनिल थापा, पुष्कर गुरुङलाई अनुबन्धित भएका मैझारोमा दियाको इन्ट्री भएको हो ।
निर्देशक राईले दीयलाई औपचारिक रुपमा अनुबन्ध गरेका हुन् । ‘वीर विक्रम’ बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी दीयाको पछिल्लो फिल्म ‘दयारानीु बक्स अफिसमा हिट भएको थियो । ‘मिस्टर झोले’, ‘मन्त्र’ जस्ता फिल्ममा पनि काम गरेकी उनको नयाँ फिल्म ‘एक्लो’ आगामी पुषमा रिलिज हुँदैछ ।



