एजेन्सि, १७ असार । भारतको तेलङ्गाना राज्यस्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रियाक्टरमा विस्फोट हुँदा भएको ठुलो आगलागीमा मर्नेको सङ्ख्या ३४ जना पुगेको छ ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार कारखानाबाट ३१ जनाको शव निकालिएको थियो। यता, अस्पतालमा ३ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी घाइते भएका छन्। सोमबार कारखानाको रियाक्टर युनिटमा विस्फोट भएको थियो।
यता बीबीसी हिन्दीले जिल्ला प्रशासनलाई उद्धृत गर्दै यस दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ। यसबाहेक ५७ जना सुरक्षित छन्।




