आफ्ना नागरिक फर्काउन भारतले शुरु गर्यो अप्रेशन सिन्धु

`

     २०८२ आषाढ ०५ गते ११:१०

काठमाडौँ, असार ४ । इरानमा बिग्रँदै गएको अवस्थाको बीचमा, त्यहाँ फसेका ११० भारतीय नागरिकहरूलाई सुरक्षित रूपमा भारत ल्याइएको छ । भारतले इजरायल-इरान तनाबमा दुवै देशमा फसेका भारतीयको उद्धार गर्न अप्रेशन सिन्धु संचालन गरेको छ ।

भारतको विदेश मन्त्रालयले अप्रेशन सिन्धु अन्तर्गत पहिलो उडानमा इरानबाट ११० भारतीयलाई दिल्ली ल्याइएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?