मोदी-मेलोनीको भेट फेरी चर्चामा

`

     २०८२ आषाढ ०४ गते ११:४०

काठमाडौँ, असार ३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीच भएको भेटले फेरी एक पटक इन्टरनेट तातेको छ ।

क्यानडाको अल्बर्टा प्रान्तको कानानास्किसमा तीन दिने जी ७ शिखर सम्मेलनका क्रममा मोदी र मेलोनीबीच भेट भएको हो ।

भेटमा दुवै मुस्कुराएको तस्वीर सार्बजनिक भएपनि इन्टर नेटमा भाइरल भएको छ । मेलोनीले मोदीसँग भेटेको तस्वीर सार्बजनिक गर्दै इटाली र भारत, एक महान मित्रताले जोडिएका देश भएको उल्लेख गरेका छन् । मेलोनीको पोष्टमा मोदीले मेलोनीसँग पूर्ण सहमत भएको उल्लेख गर्दै इटालीसँग भारतको मित्रता अझ बलियो हुँदै जाने र हाम्रा जनतालाई धेरै फाइदा पुर्‍याउने उल्लेख गरेर रिपोष्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?