काठमाडौँ, जेठ ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयर इन्डियाको अहमदाबादमा भएको विमान दुर्घटनामा बचेका एक भारतीय मुलका बेलायती यात्रु विश्वास कुमार रमेशसँग भेट गरेका छन् ।
शुक्रबार अहमदावादस्थित सिभिल अस्पताल पुगेर मोदीले रमेशलाई भेट गरेका हुन् । रमेश २४२ यात्रु सवार बोइङ ७८७-८ उडानमा बचेका एक मात्र यात्रु हुन् ।
एयर इन्डियाले विमानमा यात्रा गरेका २४२ जना मध्ये २४१ जनाको मृत्यु भएको जानकारी दिएको हो । जसमा १२ जना विमानका चालक दलका सदस्य रहेका थिए । मृत्यु हुनेमा १६९ जना भारतीय, ५२ जना बेलायतका, ७ जना पोर्चुगलका र एक जना क्यानडाका नागरिक रहेको इयर इन्डियाले जानकारी दिएको छ ।




