काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुद्धि नभएको डाक्टरको संज्ञा दिएका छन् ।
बाबुामले कम्युनिष्ट नाम सुन्नै नचाहेको उल्लेख गर्दै उनीसँग अब एकता नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने’
०७९ को निर्वाचनमा आफू गोरखाबाट चुनाव लड्नुअघि नै पार्टी एकता गर्ने भनिएको भएपनि बाबुरामले कम्युनिष्टको नाम नै सुन्न नचाहेकोले एकता नभएको दाहालको जिकिर छ । उनले थपे,‘गोरखाबाट लड्दा यो चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनिएको थियो। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि। कस्तो बुद्धि नभएको डाक्टर।’




