काठमाडौँ, ११ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार काश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गरेका छन् ।
हिमाली क्षेत्र काश्मीरमा मङ्गलबार भएको आक्रमणपछि पहिलो पटक सम्बोधन गर्दै उनले भने, “म सारा विश्वलाई भन्छु स् भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुना सम्म खोज्नेछौँ ।”
पर्यटकीय स्थल पहलगाममा भएको गोलीकाण्ड सन् २००० यता विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो ।
मारिएका पुरुषहरूमध्ये २६ जना भारतीय र एक जना नेपाली थिए ।




