ट्रयाक खुलेको ३१ वर्षपछि दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

`

     २०८१ चैत्र २७ गते ११:५०

२८ चैत । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए । नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?