नेपाल शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा

`

     २०८१ चैत्र २३ गते १:२०

काठमाडौं, चैत २४ । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन भोलि अर्थात् सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । महासंघले देशभरका सबै विद्यालय बन्द गरी शिक्षक-कर्मचारीलाई काठमाडौँ केन्द्रित सडक आन्दोलनमा अनिवार्य सहभागी गराउन हडतालको घोषणा गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा सहभागी हुन सबै शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।

यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?