इस्टु कार्कीले फोटो सेयर गर्दै भनिन्: यो मेरो शरीर हो तपाईँहरूको हैन

`

     २०८१ फाल्गुन १९ गते १:३९

काठमाडौं, फागुन १९ । ‘कन्टेन्ट क्रिएटर’ इस्टु कार्की उनले माइपोखरीको पर्यटन प्रवर्द्धन गर्न भन्दै घुमघामको रोचक भ्लग बनाएकी थिइन् । स्लिभलेस पहिरनमा उनले माइपोखरीको सौन्दर्यको वर्णन गर्दै घुम्नको लागि उपयुक्त थलो बताएकी थिइन् ।

माइपोखरीमा उनले लगाएको स्लिभलेस पहिरनसहितको फोटो केही घण्टामै भाइरल भयो । यो फोटोबाट इस्टुले गाली र ताली दुबै पाइन् । कतिपयले अश्लिल भन्दै आलोचना गरे ।

सोमबार उनले फेरी नयाँ फोटोहरू सेयर गरेकी छन् । यो फोटोमा उनी स्लिभलेस पहिरनमै देखिएकी छिन् । उनले लगाएको कालो रङको पहिरनमा लेखिएको छ, ‘माइ बडी, नट् योर्स’ । इस्टुले यी शब्दमार्फत यसअघिका आलोचना र गालीलाई सांकेतिकरुपमा जवाफ दिन खोजेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?