दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ को ज्यान गयो

`

     २०८१ पौष १४ गते १२:१७

काठमाडौं, पुष १४ । दक्षिण कोरियामा भएको विमान जेजु एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ । ६ जना चालकदलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार १८१ जनामध्ये २ जनाको जिवितै उद्धार गरिएको र बाँकी सबैको ज्यान गएको बताईएको छ ।

दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?