पुर्वफुटबलर काभालेशभिली जर्जियाको राष्ट्रपति नियुक्त

`

     २०८१ मंसिर ३० गते १:५८

काठमाडौँ, मङ्सिर ३० । जर्जियाको सत्तारुढ दल जर्जियन ड्रीम पार्टीले मिखाइल काभेलाश्भिलीलाई देशको नयाँ राष्ट्रपतिमा नियुक्त गरेको छ ।

फुटबलरबाट अति दक्षिणपन्थी राजनीतिज्ञ बनेका काभालेशभिलीको नियुक्ति जर्जियामा अक्टोबरमा हुने निर्वाचनलाई लिएर विवाद भएको बेला आएको हो । निर्वाचनमा जनताले घुसखोरीदेखि दुईपटक भोट हाल्ने घटनासम्मका आरोप लगाएका छन् ।

काभालेशभिली आफ्नो पार्टीमा राष्ट्रपति पदका एक मात्र उम्मेदवार थिए । उनलाई शनिबार सर्वसम्मतले उक्त पदमा चयन गरिएको हो । तर, काभालेशभिलीको चुनावपछि जर्जियाका विपक्षीहरूले संसद बहिष्कार गर्ने निर्णय गरेका छन् । विपक्षी सांसदहरूले अक्टोबरमा गरिएको धाँधलीको आरोपलाई आफ्नो निर्णयको कारण बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?