२६ असार । इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानले आगामी जुलाई ३० मा संसद्समक्ष पद तथा गोपनीयताको शपथ लिने भएको छ ।
इरानी विधायिकाको पद तथा गोपनियताको सपथ ग्रहण समितिका सदस्य मोज्ताबा युसेफीाई उद्धृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले लेखेको छ, “नवनिर्वाचित राष्ट्रपति पेजेस्कियानको सपथ ग्रहण समारोह जुलाई ३० मा हुनेछ ।”
युसुफीले यसै साताको सुरुमा सपथ ग्रहण अगस्ट ४ वा ५ मा हुने सम्भावना रहेको बताएक थिए ।
इरानका राष्ट्रपतिलाई राष्ट्रप्रमुखको अधिकार दिइएको छैन । राष्ट्रप्रमुखले सम्हाल्ने सबै अन्तिम अधिकार सर्बोच्च नेतालाई दिइएको छ । अयातुल्लाह अली खामेनीले विगत ३५ वर्षदेखि यो पद सम्हाल्दै आएका छन् ।
गत शुक्रबार ९जुलाई ५० मा भएको निर्बाचनमा पेजेस्कियानले परम्परावादी समूहका सइद जलीलीलाई पराजित गर्दै दोस्रो चरणको निर्वाचनमा जित हात पारेका थिए ।