काठमाडौं, असार ४ । संघीय संसद सचिवालयका कर्मचारीहरू सेवा सुविधाको माग गर्दै धर्नामा बसेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठक सुरू हुने बेलादेखि नै उनीहरू धर्नामा बसेका थिए।
कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि यो विषय प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि उठेको छ।
सत्तारूढ नेकपा ९एमाले० का सांसद रघुजी पन्त, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल लगायतले कर्मचारीहरूले उठाएका माग जायज भएकोले पूरा गरिनुपर्ने बताएका छन्।