" /> नाटक ‘यौटा सपनाको अवसान’ आज देखि ओटीटीमा - Sarbocha Media

नाटक ‘यौटा सपनाको अवसान’ आज देखि ओटीटीमा

`

     २०८१ वैशाख ०१ गते ८:२०

काठमाडौँ, बैशाख १ । अनुप बराल निर्देशित नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजको रुपमा आएको छ ।

गत वर्ष मण्डला थिएटरमा मञ्चन भएको नाटक अब भने दर्शकले कान्तिपुर सिनेमाज् ओटीटीमा यसलाई आज देखि हेर्न पाउने छन् । निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले सिरिजको पोष्टर सार्वजनिक गर्दै नाटकलाई ओटीटी प्लाटफर्ममा रिलिज गर्ने जनाएका छन् ।

पोस्टरमा नाटकका मुख्य कलाकार दीया मास्के, मेनुका प्रधान, दिव्यदेव, विकास जोशी, शेखर चापागाईं अटाएका छन् ।

निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए । पहिलोपटक नेपाली नाटक वेब–सिरिजको रुपमा आउन लागेको हो । यो सिरिज कान्तिपुर सिनेमाजमा सात भागमा स्ट्रिमिङ हुनेछ ।

नाटकले आर्थिक मन्दीमा फसेको परिवारको कथा प्रस्तुत गर्छ । एक महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको बताइएको नाटकमा न्ह्यू बज्राचार्यको संगीत, विप्लव प्रतीकको ट्रान्सक्रियसन र गीत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?