आन्दोलनरत गुठीपीडित किसानलाई वार्तामा आउन आह्वान

`

     २०८० फाल्गुन १८ गते १०:५७

काठमाडौँ, फाल्गुण १८ । सरकारले दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको छ । वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक विज्ञप्ति जारी गरी आन्दोलनका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको हो ।

दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसान केही दिनदेखि आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?