इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको संयुक्त राष्ट्रसङ्घसँग आग्रह

`

     २०८० माघ २२ गते ५:५८

एजेन्सी, २२ माघ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई प्यालेस्टिनी जनताविरुद्ध जारी इजरायली आक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय प्रयास अघि बढाउन आग्रह गरेका छन् ।

प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार अब्बासले मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डसँग रामल्लास्थित राष्ट्रपतिको मुख्यालयमा भएको बैठकमा उक्त कुरा राखेका हुन् ।

अब्बासले गुटेर्रेसलाई व्यक्तिगत तथा संस्थागत प्रयास जारी राखी सम्पूर्ण गाजा पट्टीबाट इजरायली कब्जा फिर्ता लिई यसको कुनै पनि अशं जमिन कब्जा नगर्न अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र बनाउन आह्वान गरे ।

अब्बासले प्यालेस्टिनीहरूका लागि मानवीय सहायता, राहत सामग्री र आश्रयमा वृद्धि सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?