उपचारका क्रममा नामिबियाका राष्ट्रपति जी गिन्गोबको निधन

`

     २०८० माघ २१ गते १२:२५

काठमाडौँ, २१ माघ । नामिबियाका राष्ट्रपति जिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। उनी क्यन्सर पीडित थिए ।

‘अत्यन्तै दुस्ख र खेदका साथ यो जानकारी गराउँदछु – प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपति, आज, आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ’ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,नामिबियाले जनताको एक जना प्रतिष्ठित सेवक, मुक्ति सङ्घर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाई जनताको घरको स्तम्भ गुमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?