दयाहाङ राईको फिल्म ‘डिग्री माइला’को पोस्टर सार्वजनिक

`

     २०८० पौष १२ गते ११:३९

काठमाडौं, पुस १२ । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई प्रस्तुत गरिएको छ। पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा देख्न सकिन्छ। उनले चश्मासमेत लगाएका छन्। योसँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ। फिल्ममा दयासँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?