‘कबड्डी’ का मैयाँ र काजीले फेरी जोडी बाँध्दै

`

     २०८० मंसिर १७ गते १२:४०

काठमाडौँ, मंसिर १७ । आठ वर्षपछि दयाहाङ राई र रिश्मा गुरुङले आगामी एक सोसल–रोमान्टिक फिल्म ‘रिमै’मा स्क्रिन–सेयर गर्ने पक्का भएको छ । उनीहरुले पछिल्लोपटक २०७२ सालमा रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी’मा सहकार्य गरेका थिए ।

‘मन्त्र’ फेम्ड खिलबहादुर गुरुङले निर्देशन गर्ने यो फिल्मलाई गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरमा बनाउन लागिएको निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ । ब्लकबस्टर ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको यसमा पटकथा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?