काठमाडौं, मंसिर १३ । नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता भएको छ।
लमजुङ दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका-८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।
दोर्दी गाउँपालिकामा उक्त विवाह दर्ता भएको हो।




