रोनाल्डोको दुई गोलमा अल नासरको शानदार विजयी, प्रो लिगमा दोस्रो स्थानमा

`

     २०८० मंसिर ०९ गते ७:१३

काठमाडौँ,२०८० मङ्सिर ९ शनिबार । गएराती सम्पन्न खेलमा साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउदमाथि शानदार जित हासिल गरेको छ । अल नासरले अल अखडोउदलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टियानो रोनाल्डोले अल नासरको जितमा २ गोल गरेका थिए । रोनाल्डोले खेलको ७७ र ८०औं मिनेटमा गोल गरेका थिए । त्यस्तै अर्को गोल खेलको १३औं मिनेटमा सामी अल नाजेइले गरेका थिए । यो जितपछि अल नासरको १४ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । साउदी प्रो लिगमा अल हिलल १३ खेलमा ३५ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल अखडोउदको भने १४ खेलमा १० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?