काठमाडौं,१७ भदौ । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा.आरजु राणा देउवाले नेपालका बाँदरहरुको पनि परिवार नियोजन गर्नुपर्ने बताएकी छिन्।
उनले भनिन्,‘संरक्षण गर्नु राम्रो हो। म संरक्षणवादी नै हो। तर मान्छेले खान नपुग्नेगरेर संरक्षण गरेर फाइदा छैन। यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुप¥यो । बँदेल त खान्छ नि मान्छेले । बाँदर नखाला । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ। हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ। हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर दुई, तिन वर्षमा कम भयो। यो चाहीँ डिपार्टमेण्ट अफ वाइल्डलाइभलाई केही चाहीँ गरेर ल्याउ भन्नुपर्यो। मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो।’




