नक्कली भुटानी शरणर्थी प्रकरण: तीन जना अभियुक्तको फेरि बयान लिइने

`

     २०८० भाद्र १० गते ७:०२

काठमाडौं,भदौ १० । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू भएको छ।

साउनको अन्तिम साता भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले उनीहरूविरूद्ध जाहेरी दिएका थिए। भण्डारी, दुलाल र केसीले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाउन एक करोड ८५ लाख रुपैयाँ लिएको जाहेरीमा उल्लेख छ।

जाहेरी लिएर अपराध अनुसन्धान कार्यालयले थप कारबाहीका लागि साउन २६ गते जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। त्यही दिनदेखि नै अनुसन्धान अगाडि बढाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?