काठमाडौँ, ८ भदौ । लामो समयसम्म अभिनयमा पूर्ण विराम लगाएकी अभिनेत्री रेखा थापा फिल्म ‘उपहार’ मार्फत अभिनयमा आउने भएकी छिन् ।
‘उपहार’को बिहीबार पशुपतिमा शुभ–मुहूर्त गरिएको छ । यो फिल्म उनकै होम प्रोडक्सनमा निर्माण हुन लागेको हो ।
फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन् । ज्ञानेन्द्रले गतबर्ष हिट फिल्म ‘झिँगेदाउ’ दिएका थिए । फिल्ममा रेखाको अलवा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको मुख्य भूमिका रहनेछ ।




